logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रचण्ड-नेपाल पक्षसँग भेटघाटको कार्यक्रम तय भएको छैन : प्रमुख आयुक्त थपलिया

    प्रचण्ड-नेपाल पक्षसँग भेटघाटको कार्यक्रम तय भएको छैन : प्रमुख आयुक्त थपलिया

    2.3K
    Shares

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आजको औपचारिक भेटका लागि प्रचण्ड–माधव समूहले आयोगलाई खबर नगरेको बताएका छन् ।

    थपलियाले भने, ‘प्रचण्ड–माधव समूह निर्वाचन आयोग आउने कुरा मैले पनि सुनेको हो । औपचारिक जानकारी आएको छैन ।  हामी आफ्नो वार्षिकोत्सवमा व्यस्त भएका कारण कसैसँग भेटघाटको कार्यक्रम निर्धारण भएको छैन ।’

    आज निर्वाचन आयोगको वार्षिकोत्सवका मनाउने तयारी रहेको छ । उसो त आज प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन अयोग जाने तयारी गरेको छ ।

    पार्टीको आधिकारिकता दावी गर्दै आएको यो समूहले मध्याह्न १२ बजे पेरिसडाँडामा भेला भएर १ बजे निर्वाचन कार्यालयमा नागरिकतासहित केन्द्रीय सदस्यहरु उपस्थित गराउने तयारी गरेको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ । यद्यपी यसले कानूनी मान्यता भने पाइसकेको छैन ।

    केन्द्रीय सदस्यको नागरिकतासहित आज प्रचण्ड-नेपाल निर्वाचन आयोग जाने


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend