काठमाडाैं । प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जनाएको छ ।
संविधाननको धारा १६५ को उपधारा (१) खण्ड (ख) बमोजिम परियारलाई पदमुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।