काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजेश झालाई प्रदेश २ को प्रदेश प्रमुख नियुक्त गरिन् । त्यसअघि राष्ट्रपति भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन् ।
सामाजिक सञ्जालमा लामोसमय अघिदेखि सरकारको र राष्ट्रपतिको आलोचना गरिरहने झा पछिल्लो समय भने प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देखिएका थिए । उनी शुक्रबार प्रदेश प्रमुखमा नियुक्त भएपछि उनले आफ्नो फेसबुक अकाउण्ट पनि डिलिट गरेका छन् ।
झा लोकतन्त्र र संघीयताको विरोधी हुन् । व्यवस्था विरोधीले नै कार्यान्वयनको जिम्मा पाएका छन् । पत्रकार तथा मधेस मामिला विश्लेषक मानिने उनी मधेस आन्दोलन तथा मधेसवादका विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनी मधेस आन्दोलनलाई नजिकबाट नियाल्ने गर्छन् । उनी आरक्षण र मधेसी नेताको विरुद्ध कडा रुपमा प्रस्तुत पनि हुने गर्दछन् । उनी आफूलाई यो व्यवस्थाको विरोधी नै भन्न रुचाउँछन् ।
सामाजिक सञ्जाल फेसबुका उनका सबैजसो गतिविधिहरु संघीयता, लोकतन्त्र, धर्म निरपेक्षता, आरक्षणलगायतको विरोधमा थिए ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चर्को आलोचना गरेका थिए । गत जेठ २ गते उनले ट्वीटरमा दुई वटा फोटो राख्दै लेखे– एकै दिन निस्केका दुई सवारी । आम नेपालीले के बुझ्छ होला ?
उनले राखेका दुई फोटोमध्ये एउटामा राष्ट्रपति विद्यादेवी भण्डारीको तामझामसहितको सवारी देखिन्छ भने अर्को तस्वीर र पूर्व रानी कोमल शाह मोटरमा सवार छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडक संघर्षमा उत्रिएको नेकपाको प्रचण्ड–माधव पक्ष निशानामा पारेर बारम्बार पोष्ट गरिरहेका थिए ।
आन्दोलनका क्रममा ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्डसहित सडकमा बसेका प्रचण्ड र माधव नेपाल अग्रभागमा देखिएको एउटा तस्वीर पोस्ट गर्दै फेसबुकमा लेखेका थिए, ‘यो बसाइ पुनः पद प्राप्तिका लागि हो । यसअघि कुन कुन समस्या समाधान गर्न कहिले कहिले यसरी भुइँमा बसियो ? गरिबीका विरुद्ध ? रंगभेदका विरुद्ध ? महिला हिंसाका विरुद्ध ?…’
सामाजिक सञ्जालमा झाले पाेस्ट गरेका स्टाटसहरुकाे स्क्रिनसट :