काठमाडौं। नेकपा ओली समूहका नेता सुवास नेम्वाङले जनताले निर्वाचन अनुमोदन गरिसकेको दावी गरेका छन्।
प्रदेश १ को राजधानी विराटनगरमा ओली समुहको नेकपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेम्वाङले वैशाख १७ र २७ गतेलाई तोकिएको निर्वाचन अनुमोदन गरिसकेको दावी गरेका हुन्।
‘जनाताले निर्वाचनको फैसला सुनाइसके’, नेम्वाङले भने, ‘जनताले चुनावको फैसला गरिसके अब सर्वोच्च अदालतको फैसला मात्र बाँकी छ।’
संसद विघटनको विचाराधीन मुद्दामा बहस सकिइसकेकाले अदालतले पनि ११ देखि १५ गतेभित्र निर्वाचनकै पक्षमा फैसला गर्ने जिकिर गरे।
उनले नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारी गर्न आग्रह गरे।