logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भागरथीको जस्तै निर्मलाको हत्यारालाई पनि छिट्टै कानूनको कठघरामा उभ्याउनेछौँ : गृहमन्त्री

    भागरथीको जस्तै निर्मलाको हत्यारालाई पनि छिट्टै कानूनको कठघरामा उभ्याउनेछौँ : गृहमन्त्री

    2.3K
    Shares

    विराटनगर। गृहमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य रामबहादुर थापा बादलले निर्मला पन्तको हत्यारालाई छिट्टै कानूनको  कठघरामा उभ्याउने बताएका छन। 

    प्रदेश १ को राजधानी विराटनगरमा ओली समुहको नेकपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै  थापाले निर्मलाको हत्यारालाई छिटो भन्दा छिटो कानूनको दायरामा ल्याइने बताएका हुन्। 

    ‘निर्मलाको हत्यारा कानूनको पञ्जाको नजिक आइसकेको छ, त्यसलाई हामि छिट्टै कानुनको कठघरामा उभ्याउनेछौँ, ‘गृहमन्त्री थापाले भने, ‘भागरथीको हत्यारालाई जसरी हामि कानूनी कठघरामा ल्याउन सफल भयौँ त्यसरीनै निर्मलाको हत्यारा पनि छिट्टै कानूनको दायरामा ल्याउँछौँ।’ 

    प्रधानमन्त्रीले भागरथी र निर्मलाका हत्यारालाई पानीमुनि गए पनि नछा्ने उद्घोष गरेअनुसार आफूहरुले हत्यारालाई पक्राउ गर्न सफल भएको थापाको भनाइ थियो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend