logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कार्यसूचीमा अविश्वास प्रस्ताव राखेपछि प्रदेश–१ को सरकार पक्ष प्रदेश सभामा उपस्थित नहुने

    कार्यसूचीमा अविश्वास प्रस्ताव राखेपछि प्रदेश–१ को सरकार पक्ष प्रदेश सभामा उपस्थित नहुने

    1.8K
    Shares

    विराटनगर।  मुख्यमन्त्री शेरधन राई, प्रदेश एक सरकारका मन्त्री र नेकपा केपी ओली समूहका सांसदहरू आज बस्ने भनिएको प्रदेश सभा बैंठकमा उपस्थित नहुने भएका छन्।

    सत्ता पक्षले आजको बैठकमा उपस्थित नहुनेबारे लिखित राय संसद सचिवालयमा दर्ता गराउने निर्णयसमेत गरेको छ। सत्तापक्षले अहिलेको परिवेशमा संसद चल्न नसक्ने निर्णय निकाल्दै बैठकमा नजाने निर्णय गरेका हुन्।

    मुख्यमन्त्री शेरधन राईले प्रदेश सभा बैठक रोक्न दबाव दिएका थिए तर सभामुखले नमानेपछि उनले मन्त्री र आफू निकट सांसदलाई बोलाएर बैठकमा नजाने निर्णय लिएका हुन् 
    सरकारले निर्णय गरेरै आजको बैठकमा नजाने भएको  रमुख्यमन्त्रीले कारबाही गरेका १६ जना सांसदलाई निलम्बन गर्न सभामुखलाई पुनः पत्राचार गर्ने पनि निर्णयसमेत भएको प्रदेश एक सरकारका एक मन्त्रीले जानकारी दिए । 

    सभामुख प्रदीपकुमार भण्डारीले यसअघिनै मुख्यमन्त्रीले सांसद निलम्बन गर्नु नियम संगत नभएको बताएका थिए। आइतबार मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो।

    यससअघि आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई मुख्य मन्त्री राईले दबाब दिएका थिए। तर सभामुखले भने अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गरेका थिए। मुख्यमन्त्रीले बैठक रोक्न र अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दिएको दबाव नमानेपछि सरकारले यस्तो विकल्पको खोजी गरेको हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend