logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • मिडिया, लेखक, प्राध्यापकको प्रतिकार गर्न ‘साइबर सेना’लाई निर्देशन

    मिडिया, लेखक, प्राध्यापकको प्रतिकार गर्न ‘साइबर सेना’लाई निर्देशन

    3K
    Shares

    काठमाडौं। प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघले प्रतिनिधि सभा विघटनविरुद्ध वकालत गर्ने मिडिया, लेखक, प्राध्यापकलगायतका विरुद्ध एकढिक्का भइ प्रतिकार गर्न साइबर सेनालाई निर्देशन दिएको छ। 

    माघ २५ र २६ गते काठमाडौंमा सपन्न युवा संघको दोस्रो केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध अभियान चलाउनेविरुद्ध प्रतिकार गर्न निर्देशन दिने निर्णय गरेको हो। बैठकले गरेको निर्णयबमोजिम शनिबार युवा संघले सर्कुलर जारी गरेको हो। 

    केहि मिडिया, केहि लेखक, विश्वविद्यालयका केहि बुज्रुकहरुले मुलुकले लिएको मार्गचित्रलाई नै दिग्भ्रमित पार्ने कुचेष्टा गरेकोले यसलाई पराजित गर्न सबै एकजुट हुन युवा संघले आग्रह गरेको छ। 

    “२०६२-६३ को जनआन्दोलनबाट प्राप्त उपलव्धिहरु र नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको मौलिकतामा हासिल गरेका उपलव्धिहरु क्षतविक्षत पार्ने धेय राखी नेपाललाई पुन: अस्थिरतातर्फ धकेली सामरिक स्वार्थको खेलौना बनाउनेहरु फरकफरक धारमा उत्रिएको पाइएको छ। त्यस कुकर्मको केहि कथित बौद्धिक अराजकतावादीहरुले अगुवाइ गरिरहेका छन्। तिनमा केहि कम्युनिष्ट शक्तिकै नाउँमा, केहि पुरातनवादी र केहि अतिवादी एवं केहि बाहिरि प्रतिक्रियावादीहरुको गठजोड देखिन्छ। केहि मिडियाका नाउँमा, केहि कोलमिष्टका नाउँमा, केहि विश्वविद्यालयका ब्रुजुकका नाउँमा समेत उभिएको एकखाले पाखण्डीहरुले मुलुकले लिएको मार्गचित्रलाई नै दिग्भ्रमित पार्ने कुचेष्टा गरेका छन्। यस्ता कुचेष्टालाई पराजित गर्नका लागि प्रतिकारमा उत्रिन युवा परिचालन गर्ने निर्णय गरेको छ।” बैठकको निर्णयमा भनिएको छ। 

    3.jpg

    2.jpg

    1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend