logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • विद्रोहीहरुले गराएको विष्फोटमा निर्वाचन आयोगका सात कर्मचारीको मृत्यु

    विद्रोहीहरुले गराएको विष्फोटमा निर्वाचन आयोगका सात कर्मचारीको मृत्यु

    2.3K
    Shares

    नाइजरमा भएको कार बम विष्फोटमा परी निर्वाचन आयोगका सात जना सदस्यको मृत्यु भएको छ । राष्ट्रपतिय निर्वाचनको अनुगमनमा खटिएका निर्वाचन अधिकारीको बिस्फोटमा मृत्यु भएको अल्जाजीराले जनाएका छन् ।

    निर्वाचन सामग्री विभिन्न मतदान केन्द्रमा लैजाने क्रममा विद्रोहीहरुले गराएको विष्फोटमा तीन व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । निर्वाचनको पूर्व सन्ध्यामा भएको विष्फोटका कारण मतदानको सुरक्षामा चुनौती थपिएको छ ।

    अलकायदाको नजिक रहेका सशस्त्र समूहको पकड रहेको सो क्षेत्रमा नियमित रुपमा विष्फोटका घटनाहरु भइरहेका छन् । सो क्षेत्र आफ्नो नियन्त्रणमा रहेकाले अन्य क्षेत्रमा पनि आफ्नो कारवाही जारी रहने सो समूहले जनाएको छ । निर्वाचनका लागि हजारौ सेना देशव्यापी रुपमा खटाइएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । उनीहरुले मतदानमा सहभागी हुन पनि आम नागरिकलाई आह्वान गरेका छन् । एजेन्सी


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend