काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच भेटघाट भएकाे छ । प्रधान सेनापति सोमबार अपरान्ह आकस्मिक रुपमा सर्वोच्च अदालत पुगेका हुन् ।
सोमबार अपरान्ह सर्वोच्च अदालत प्रवेश गरेका प्रधानसेनापति थापा एक घण्टा बिताएर फर्केका हुन् । अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग एक घण्टा छलफल गरेर थापा फर्केकाे स्राेतले बताएकाे छ ।
भेट के विषयमा भएकाे भन्नेबारे खुलेकाे छैन ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ भएर फैसला हुने चरणमा छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले केही दिनमै फैसला दिने तयारी गरिरहेको समयमा प्रधानसेनापति थापाले आकस्मिक रुपमा प्रधानन्यायाधीशसँग भेटेका हुन् ।