काठमाडौं। (प्रचण्ड – नेपाल) समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको आदेश दिएपछि नेपालले यस्तो प्रतिक्रिया दिएका हुन्।
सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु सम्पूर्ण जनता,आन्दोलनमा उत्रेका दलहरु,नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।
— Madhav Kumar Nepal (@ncp_madhavnepal) February 23, 2021