काठमाडाैं । नेकपाकी नेतृ रामकुमारी झाँक्रीले संसद् पुनर्स्थापनाले तानाशाही कदमको अन्त्य भएको बताएकी छिन् । मंगलबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला गरेपछि खुसी हुँदै नेतृ झाँक्रीले सामािजक सञ्जाल ट्वीटरबाट खुशी व्यक्त गरेकी छिन् ।
उनले लेखेकी छिन् ‘स्वेच्छाचारी शासकको असंवैधानिक कदम सच्याउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद् पुनर्स्थापना अनिवार्य थियो ।’ यो पुनर्स्थापनाले स्वेच्छाचारी तानाशाही कदमको अन्त्यसँगै समग्र जनताको सम्मान गरेको पनि उनकेा भनाइ छ ।
स्वेच्छाचारी शाशकको असंबैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनर्स्थापना अनिवार्य थियो।
यो पुनर्स्थापना ले स्वच्छाचारी तानाशाही कदमको अन्त्य सँगै समग्र जनताको सम्मान गरेको छ।— Ram kumari Jhakri (@Jhakri_didi) February 23, 2021