काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले शुक्रबार बिहान साधारण सेयर (आइपीओ) बाँडफाँड गरेको छ ।
सो कम्पनीको आइपीओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए। जस मध्ये ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको छ भने ३७ हजार ५ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी १५ लाख २ हजार ५ सय ३५ जना आवेदकको भने हात खाली भएको छ ।
मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५ सय १० जनाले मात्रै सेयर पाएका हुन् ।
महिला लघुवित्तले गत माघ ३० गतेबाट एक सय रुपैयाँ अंकित दरका सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरको बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ हो ।