काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। आईपीओ निष्काशनका लागि कम्पनीलाई नेपाल धितोपत्र बोडैले अनुमति दिसकेको छ ।
ज्योतिले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्न लागेको हो। आवेदन दिने अन्तिम मिति फागुन २८ गते सम्म तोकिएको छ। कम्पनीको कम्तिमा १० कित्ता र अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ।
१ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।