logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अज्ञात रोगका कारण बझाङका दुई वडा प्रभावित

    अज्ञात रोगका कारण बझाङका दुई वडा प्रभावित

    2.9K
    Shares

    बझाङ । अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा  वडाका नागरिक प्रभावित भएका छन् । 

    नगरपालिकाको वडा नं. ८ स्थित जोशी गाउँ र वडा नं. १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न  भएको स्थानीयवासी उमाकान्त जोशीले बताए । उनका अनुसार प्राय: गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ । साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ ।

    रोगको पहिचान हुन नसकेपछि स्थानीयवासीले आपूmसँग अनुमानका भरमा औषधि सेवन गर्न थालेका छन् । जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले मौसम परिवर्तनका कारणले पनि यस्ता लक्षणहरू देखापरेको हुनसक्ने बताए । उनले असहज परिस्थिति भएमा तुरुन्त नजिकैको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल आउन आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend