काठमाडौं। सरकार र नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीचको दोस्रो चरणको वार्ता सकिएको छ।
केहिबेर अघि सकिएको वार्ता सकारात्मक दिशामा अगाडी बढेको प्रधानमन्त्री केपी ओलीका विदेश मामिला सल्लाहकार तथा सरकारका तर्फबाट वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले जानकारी दिए।
वार्ता बिषय केन्द्रित भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको डा. भट्टराईले बताए।
वार्ता टोलीमा सरकारका तर्फबाट गृहमन्त्री रामवहादुर थापा बादल संयोजक र डा. राजन भट्टराई सदस्य रहेका छन्। विप्लव समूहका तर्फबाट संयोजक खड्गवहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने सदस्य रहेका छन्।
सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।
दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ— Rajan Bhattarai (@Rajanktm) March 3, 2021