काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हेलिकप्टरबाट काठमाडौं ल्याउन सरकारले गरेको प्रस्तावलाई अस्वीकार गरेका छन् ।
गृह मन्त्रालयले ‘विप्लव’ का लागि हेलिकप्टरको व्यवस्था गरेपनि उनी गाडीमै बिहीबार बेलुका काठमाडौं आइपुग्ने भएका हुन् ।
सरकारले गरेको प्रस्तावमाथि पार्टीभित्र छलफल गर्दा हेलिकप्टर चढेर जाँदा आमजनतामा राम्रो सन्देश नजाने भएपछि गाडीमै जाने निर्णय भएको विप्लव निकट एक नेताले जानकारी दिए ।
शुक्रबार काठमाडौंकाे राष्ट्रिय सभागृहमा हुने विशेष समाराेहमा प्रधानमन्त्री केपी ओली र विप्लवले एउटै मञ्चबाट संवाेधन गर्ने कार्यक्रम रहेको छ ।