काठमाडौं । परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर नभएको पनि उल्लेख गरेका छन् ।
यस उपलब्धिको श्रेय प्रधानमन्त्रीलाई जाने पनि उनले बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन् । अब कोही पनि राष्ट्रिय एकता,संविधान र शान्तिपूर्ण राजनीति बाहिर रहेन ।
यस महत्वपूर्ण उपलब्धिको मुख्य श्रेय सम्माननीय प्रधानमन्त्रीज्यूलाई जान्छ । यसमा योगदान गर्नु हुने सबै धन्यवादका पात्र हुनुहुन्छ । राष्ट्रिय एकताका पक्षधर एवं शान्तिप्रेमी सबैलाई हार्दिक बधाई ।’
पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सन्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि हुन्। अब कोही पनि राष्ट्रिय एकता,संविधान र शान्तिपूर्ण राजनीतिबाहिर रहेन।+
— Pradeep Gyawali (@PradeepgyawaliK) March 5, 2021