logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच सहमतिमा हस्ताक्षर

    सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच सहमतिमा हस्ताक्षर

    3.1K
    Shares

    काठमाडाैं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

    सहमति अनुसार विप्लव नेतृत्वको नेकपाले आफ्नो शान्तिपूर्णरुपमा सञ्चालन गर्न तयार भएको छ ।

    सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

    यी बुँदामा भएको छ सहमति :

    १. दुवैपक्ष, सरकार  र नेपल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्या बार्ता तथा संवादबाट गर्न सहमत भएका छौँ । 
    २. नेकपाले सबै राजनीनिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको  छ ।
    ३. नेपाल सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन कारागारमा भएका पार्टीका नेतने  कार्यकर्ता रिहाइ तथा सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend