काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमतिभित्र नेपाललाई सुन्दर बनाउने सपना रहेको बताएका छन्।
राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’मा सम्बोधन गर्दै उनले यो सहमतिभित्र नेपाललाई अब स्वाधिन र सुन्दर देशका रुपमा अघि बढाउने बताए।
यो सहमतिको पछाडि हाम्रो सहमतिमा लुकेको महान् आकांक्षा छ’, विप्लवले भने, ‘नेपाल देशलाई एउटा आन्मनिर्भर, स्वाधिन र सुन्दर देश बनाउने सपना योभित्र छ।’
नेपालका युवाहरूले देखेको स्वाधिन र समृद्धि नेपालको सपना अब साकार पार्न सहमतिले मद्दत गरेको विप्लवको भनाइ थियो।