काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिकाे नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रबार आयोजना गरिएकाे कार्यक्रममा ओलीले नेपालमा अब हिंसात्मक द्वन्द्व नभएकाे बताए ।
उनले समूहका महासचिव नेत्रविक्रम चन्दको एउटा निर्णयबाट मुलुकले उपलब्धि हासिल गरेको भन्दै विप्लवलाई धन्यवाद पनि दिए ।
उनले भने, ‘ऐतिहासिक काम भएको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । नेपालमा हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन । अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’
याे पनि पढ्नुहाेस् ।
विप्लवजी र मेरो निकट सम्बन्ध आठ- दश वर्ष पुरानो: प्रधानमन्त्री ओली