logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • औद्योगिक कोरिडोर शिलान्यासकाे विराेधमा भुसालकाे समर्थन, जग्गा दलाली गर्न शिलान्यासकाे वाहाना गरेकाे आराेप

    औद्योगिक कोरिडोर शिलान्यासकाे विराेधमा भुसालकाे समर्थन, जग्गा दलाली गर्न शिलान्यासकाे वाहाना गरेकाे आराेप

    3.1K
    Shares

    काठमाडाैं । शुक्रबार रुपन्देहीको मोतिपुरमा औद्योगिक कोरिडोरको शिलान्यास कार्यक्रमकाे विराेधमा आफ्नाे पनि समर्थन रहेकाे नेकपा प्रचण्ड-माधव समूहका नेता घनश्याम भुसालले बताएका छन् ।

    शिलान्यास कार्यक्रममा स्थानीयले विरोध गर्दै अर्थमन्त्री विष्णु पौडेललाई लक्षित गरेर ढुंगामुढा गरेका थिए । उक्त घटनामा केही स्थानीय र सुरक्षाकर्मी घाइते भए । स्थानीयको अवरोधपछि मन्त्री पौडेल कार्यक्रम छाेडेर हिँडेका थिए ।

    स्थानीयको विरोध प्रदर्शनमा आफ्नो पनि समर्थन रहेको भुसालले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । उनले घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे पनि कामना गरेका छन् । 

    सांसद भुसालले भने स्थानीय बासिन्दाको माग पूरा नगरी हतारमा औद्योगिक क्षेत्रको शिलान्याश गर्नु जग्गा दलालीको वातावरण बनाउने वाहेक केही नभएको बताएका छन् । स्थानीयकाे पक्षमा आवाज उठाइरहेकाे जानकारी गराउँदै उनले भनेका छन् ‘कायरहरुले कसै गरे पनि स्थानीयकाे हक अधिकार खाेस्न सक्ने छैनन् । औद्याेगिक करिडाेर बन्ने हल्ला चलाएर जग्गा दलालीकाे वातावरण बनाउने बाहेक तथाकथित शिलान्यासकाे कुनै अर्थ छैन ।’

    भुसालले ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचेका छन्, त्यसको हिसाब किताब हुनेछ भनी चेतावनीसमेत दिएका छन् । 

    ghanashyam bigyapti.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend