logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चाइनिज मुद्रा नेपाल भित्र्याइ भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जना पक्राउ

    चाइनिज मुद्रा नेपाल भित्र्याइ भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जना पक्राउ

    741
    Shares
    चाइनिज मुद्रा नेपाल भित्र्याइ भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौँ । प्रहरीले अवैध रुपमा चाइनिज मुद्रा नेपाल भित्र्याइ भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीमा रहेको जियाङ सु होटल एण्ड रेस्टुरेण्ट प्रालिका सञ्चालक चिनियाँ नागरिक ४५ वर्षीय याओ लियाङ्ग्लिन रहेका केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

    नागरिकसँग नेपाली रुपियाँ ३७ लाख ८१ हजार ३५०, भारतीय १२ हजार, थाइ भाट दुई हजार, अमेरिकी डलर ५३०, युरो ३००, चाइनिज युआन ३२ हजार ७०, मोबाइल दुई थान, राहदानी एक थान, स्थायी परिचयपत्र एक थान, एटिएम कार्ड लगायतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

    यसैगरी काठमाडौँको ठमेलस्थित होटल चेङ्दु प्रालिमा स्थायी घर भक्तपुर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ पनि पक्राउ परेका छन् । श्रेष्ठसँगै नेपाली रुपियाँ नौ लाख बरामद गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

    उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend