काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।
आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीले कोरोना खोप लगाइ दोस्रो चरणको खोप अभियानको उद्घाटन गर्ने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।
दोस्रो चरणमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको योजना छ ।
कोभिडविरुद्धको कोभिसिल्ड खोप भारतबाट खरिद गरेर ल्याइएको खोप हो । विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त यो खोप बेलायतको अक्सफोर्ड एक्सटाजोनिका र भारतको सेरम कम्पनीले उत्पादन गरेको हो ।