काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कांग्रेसले आगामी निर्वाचनको नेतृत्व गर्ने गरी अगाडी बढ्नुपर्ने धारणा राखेका छन् ।
शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो धारणा राखेका हुन् ।
नेकपा हालसम्म विभाजन नभएको भन्दै नेकपा विभाजन नभई कुनै कदम चालिए अप्ठ्यारो परिस्थिति सिर्जना हुनेतर्फ उनले पार्टी सचेत हुनुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘नेकपा आजको दिनसम्म विभाजन भएको छैन । नेकपा विभाजन नभइ कुनैपनि कदम चाल्दाखेरी त्यसले भोली अप्ठ्यारो परिस्थिति सिर्जना गर्छकि भन्ने मलाइ चिन्ता छ । त्यो नहोस् । र मेरो चाहाना चाहिँ के हो भने २ वर्ष पछि त निर्वाचन हुने नै छ । त्यो निर्वाचनलाई हामिले सार्न सक्यौँ र त्यो निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा त्यो निर्वाचन हुन सक्यो भने, त्यो हिसाबले सोचेर अगाडी बढेमा पक्कैपनि नेपाली कांग्रेसको भविष्य छ ।’
पार्टीमा नयाँ पुस्ता नआएकोमा चिन्ता व्यक्त गर्दै उनले युवाहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिए ।