काठमाडौं। संघीय संसद सचिवालयले प्रचण्ड -नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिएको भन्ने सूचनालाई दर्ता गर्न अश्वीकार गरेको छ।
महासचिव डा.भरतराज गौतमले कानून र ऐन तथा सम्बन्धित दलको विधान समेत बुझेर आवश्यक कारबाही अघि बढाउने बताउँदै उक्त उक्त पत्र दर्ता गर्न अश्वीकार गरिदिएका हुन्।
शुक्रबार ११५ सांसदको उपस्थितिमा बैठक बसेर पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको भन्दै उक्त समूहले संसद सचिवालयलाई जानकारी गराएको थियो।
उक्त समूहले उनीहरूले बहुमत सांसदहरूको निर्णय गरेको भन्दै हस्ताक्षर पनि बुझाएको थियो।