logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सर्वोच्चको फैसला: ऋषि कट्टेलको नेकपा नै आधिकारिक

    सर्वोच्चको फैसला: ऋषि कट्टेलको नेकपा नै आधिकारिक

    1.6K
    Shares

    काठमाडौं। सर्वोच्च अदालतले ऋषि कट्टेलको नेकपा नै आधिकारिक नेकपा भएको फैसला सुनाएको छ। 

    न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले फैसला सुनाएको हो। 

    यो फैसलासँगै अब केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएपछि निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुध्ने गरि प्रचण्ड–ओली नेतृत्वको पार्टीलाई नेकपा नाम दिएको थियो ।

    कट्टेलले निर्वाचन आयोगमा सो विषयमा दिएको उजुरी आयोगले खारेज गरिदिएको थियो । सो उजुरी खारेज भएपछि कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगविरुद्ध  सर्वोच्च अदालतमा मद्दा दायर गरेका थिए । 

    कट्टेलको पक्षमा फैसला आएपछि अब नेपाल कम्युनिस्ट पार्टी नेकपाको नाम फेर्नुपर्ने भएको छ । अब ओली र प्रचण्ड वैधानिक रुपमा अध्यक्ष रहेकाले नाम फेर्न दुवैजना जानुपर्ने भएको छ । यसले राजनीतिलाई नयाँ मोडमा लगेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend