काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछिको पहिलो बैठक आज जारी छ।
बैठकमा आफ्ना भनाइ राख्दै सांसद भीम रावलले केपी ओली नेतृत्वको सरकारले बैधानिकताका गुमाइसकेकोले सरकारका तर्फबाट आएका अध्यादेश संसदमा टेबुल गर्न नमिल्ने बताए।
तर सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशनको पहिलो दिन सरकारका तर्फबाट प्रस्तुत अध्यादेश पेश हुने भन्दै टेबुल गरेपछि प्रचण्ड- नेपाल समूहका सांसदहरुले बैठक बहिष्कार गरेका छन्।