काठमाडौं। प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठकमा नाराबाजी गरेको छ।
अवरोधका बीच सरकारका तर्फबाट अध्यादेश पेस भएपछी कांग्रेसले नाराबाजी गरेको हो।
काँग्रेसले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएकोले अगाडी नबढाउन माग गर्दा जबरजस्ती अघि बढाउन खोजिएपछि बैठक अवरुद्ध गरेको हो।
कांग्रेसका सांसदहरुले रोष्टम घेरेर नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका छन्।