logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चार छोराछोरीसहित कर्णालीमा हाम्फालिन् महिला, दुई छोरीको शव फेला

    चार छोराछोरीसहित कर्णालीमा हाम्फालिन् महिला, दुई छोरीको शव फेला

    2.1K
    Shares

    काठमाडौं । दैलेखको आठबीस नगरपालिका -३ निमायलकी एक महिलाले चार छोराछोरीसहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् ।

    प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको शव हिजो बेलुकी भेटिएको हो । दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता छन् ।  

    हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका(३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए । शाहीले भने, ‘उनी आइतबार राती नै घरबाट निस्किएको थाहा भयो । श्रीमान् मदिरा सेवन गर्ने गरेका थिए । सायद घर झगडा भएको हुनुपर्छ,’ वडाअध्यक्ष शाहीले भने, ‘साथमा उनले तीन छोरी र एक छोरालाई समेत लगेर गएकी रहिछन् । सोमबार साँझ दुई छोरीको शव फेला परेपछि मात्रै पाँचै जनाले कर्णालीमा हाम्फालेको हामीले थाहा पायौं ।’

    दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend