काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । यता, नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आजै ४ बजे बस्ने भनेर छलफल भए पनि सोही समयमा मन्त्रिपरिषद बैठक समेत परेकाले स्थगित भएको छ ।
सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीले माओवादी केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गरेका थिए । उनीहरुले ओलीलाई नै साथ दिने बताइसकेका छन् ।
माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव ईश्वर पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए । यद्यपी तयारी नपुगेको भन्दै समय सारिएको थियो ।