काठमाडाैं । राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा एमाले नेता रघुजी पन्तको अभिव्यक्तिविरुद्ध अदालत पुगेकी छन् । मंगलबार गाली बेइजेतीको मुद्दा दिन वली जिल्ला अदालत काठमाडौं पुगेकी हुन् ।
पन्तले लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद बनेको अभिव्यक्ति दिएका थिए ।
गायिकासमेत रहेकी वलीले आफूले नेता मानेका पन्तले निच अभिव्यक्ति दिएकाले अदालत जाने बताएकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र ओली समूह र प्रचण्ड-माधव नेपाल समूहबिच चर्को द्वन्द्व हुँदा पन्तले यस किसिमकाे अभिव्यक्ति दिएका थिए ।