logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • जसपाभित्र महन्थ ठाकुरकाे चलखेल, एमालेसँग वार्ता गर्न कार्यदल गठन

    जसपाभित्र महन्थ ठाकुरकाे चलखेल, एमालेसँग वार्ता गर्न कार्यदल गठन

    3K
    Shares

    काठमाडाैं । नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् । दुवै पक्षबीचको छलफलपछि कार्यदल बनेको हो । 

    कार्यदलमा एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ ।

    सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुवै दल पूर्व दल बनेका छन् ।

    सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल छ । बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने भएकाले जसपासँग एमालेको छलफल चलेको हो ।

    जसपाका नेताहरू डा.बाबुराम भट्टराई र उपेन्द्र यादव  भने एमालेसँग सहकार्यको पक्षमा छैनन् । 

    जसपा पार्टीका अध्यक्ष महन्थ ठाकुरले २३ फागुनमा बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटमा ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गर्ने सहमति भएको थियाे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend