काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग थप छलफल गर्ने निर्णय गरेको श्रेष्ठले बताए। बैठकमा मंगलबार जसपा र कांग्रेस नेतृत्वसँग भएको छलफलबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराएको पनि उनले बताए।