काठमाडौं । प्रतिनिधि सभाको बैठक चैत ३ गतेसम्मका लागि स्थगित भएको छ।
आज बसेको बैठक शोक प्रस्ताव पारित गरि स्थगित भएको हो।
आजको बैठकमा निधन भएका १४ जना पूर्व सांसदहरूको शोक प्रस्ताव पारित भएको छ।
प्रतिनिधिसभाको अर्को बैठक २०७७ चैत ३ गते मंगलबार दिउँसो १ बजे बोलाइएको छ ।