काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अझै २ बर्ष निरन्तरता पाउनुपर्ने बताएका छन्।
बुधबार संसद भवनबाट बाहिरिँदै गर्दा वरिष्ठ नेता खनालले एमाले नेतृत्वको सरकार अझै दुई वर्ष जाने र ओलीले नेतृत्व गरेको एमालेको सरकार जोगाउन आफूहरु लाग्ने बताए।
एमालेको सरकार भएकोले यसलाई जोगाउन आफूहरु लागिरहने उनको भनाइ थियो।
खनालले वामपन्थि शक्तिहरु अझै पनि एक ठाउँमा आउनुपर्ने र त्यसका लागि प्रयास जारी राख्ने बताए।