धनगढी। कैलालीमा एमालेका दुई समूहबीच झडप भएको छ । प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।
पार्टी कार्यालयमा प्रदेश ईन्चार्जको कार्यकक्ष बाहिर लेखराज भट्टको नेमप्लेट राखेपछि माधव नेपाल पक्षका कार्यकर्ताले नेमप्लेट हटाएका थिए । उक्त पक्षले नेकपाको सुदूरपश्चिम ईन्चार्ज भीम रावल भएको भन्दै भट्टको नेमप्लेट हटाएका हुन् ।
नेमप्लेट हटाएपछि झडप भएको हो । विवाद बढ्दै गएपछि दुई पक्षबीच कुटाकुट भएको हाे ।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजित भएको नेकपामा ओली समूहले सुदुरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई बनाएको थियो।