काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश भ्रमणमा जाने भएकी छिन। राष्ट्रपति भण्डारी चैतको दोस्रो साता बंगलादेशको दुई–दिने भ्रमणमा जाने कार्यक्रम तय भएको हो।
राष्ट्रपति भण्डारी बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन बंगलादेश जान लागेकी हुन्।
बंगलादेशमा रहँदा राष्ट्रपति भण्डारीले त्यहाँका राष्ट्रपति अब्दुल हमिद, प्रधानमन्त्री शेख हसिनालगायतसँग भेटवार्ता गर्ने शीतल निवास स्रोतले जानकारी दियो।