logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आदेश नआउँदा विप्लवका नेता छुटेनन्

    आदेश नआउँदा विप्लवका नेता छुटेनन्

    1.7K
    Shares

    बझाङ । सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले नेकपा  नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि चन्द समूहका नेता–कार्यकर्ता छुटेका छैनन् । चन्द समूहका नेता÷कार्यकर्ता छाड्न अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र आफूकहाँ नआएको जिल्ला कारगारका प्रमुख धनबहादुर घर्तीले बताए । कारागारमा चन्द समूहका जिल्ला कमिटी सदस्यहरू सागर शाही (बाजिलाल), जोगबहादुर कठायत, देवदत्त अवस्थी र राजेश थापा तथा साधारण सदस्य लक्ष्मण सिंह गरी जम्मा पाँच जना जिल्ला कारागार बझाङमा रहेको कारागार प्रमुख घर्तीले जानकारी दिए । 

    चन्द समूहको नेकपा र नेपाल सरकारबीच वार्ता सफल भएपछि नेकपाका कार्यकर्ता छाड्न गृहले परिपत्र गरेको थियो । चन्द समूहका जिल्ला कमिटी सदस्य शाही विसं २०७६ चैत २ गते बझाङको थलारा गाउँपालिकाबाट पक्राउ परेका थिए भने कठायत २०७७ मङ्सिर २७ गते धनगढीबाट, थापा २०७७ असोज ६ गते, सिंह २०७६ पुस ८ गते बुङ्गल नगरपालिकाबाट र अवस्थी २०७६ असोज २४ गते पक्राउ परेका थिए ।

     जिल्ला अदालत बझाङले तीन जनालाई चन्दा असुली, हातहतियार खरखजना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो  भने थापालाई थप दुई बहुविवाह तथा चोरी मुद्दासमेत लगाएको छ । सिंहलाई पनि ज्यान उद्योग मुद्दा लागेको कारागार प्रमुख घर्तीले जानकारी दिए । यता सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भने जिल्ला कारागार बझाङमा चन्द समूहका पाँच नेता कार्यकर्ता रहेको र उनीहरूको मुद्दा जिल्ला प्रशासन कार्यलयमा नभएकाले केही समय लाग्नसक्ने बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend