काठमाडौं । वर्तमान समयको राजनीति अथवा नयाँ सरकार निर्माणमा निर्णायक भूमीकामा देखिएको जसपाले नेकमा एमाले ,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग उच्चस्तरीय बहस गर्ने जनाएको छ । बिहीबार बसेको जसपा पदाधिकारी बैठकले यस्तो निर्णय गरेकाे हो ।
जसपाको यो निर्णयसँगै ‘पुस ५’ ले ल्याएको राजनीतिक अस्थिरता केही समय अझै लम्बिन सक्ने खतरा बढेको छ ।
जसपाले आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको बताएको छ ।
जसपाका संघीय परिषद् अध्यक्ष डा बाुराम भट्टराईका अनुसार पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवस्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ । ‘ जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ। साथै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवस्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ।’ , उनले टुइटरमा लेखेका छन् ।
सत्ता साझेदारीमा निर्णायक भूमीकामा पुगेका बेला जसपाले आफ्ना मागहरु संवोधन भएमा मात्रै एमाले, कांग्रेस र माओवादी केन्द्रसँग साझेदारी गर्न सकिने बताउँदै आएको छ ।
सर्वोच्च अदालतले फागुन २३ गते पूर्व एमाले र पूर्व माओवादी केन्द्र ब्युँताइदिएपछि संसदको अंकगणितमा जसपा निर्णायक अवस्थामा छ ।
जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ। साथै पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवस्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक चैत ५ गते बस्ने भएको छ।
— Baburam Bhattarai (@brb1954) March 11, 2021