logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • अहिले सबैभन्दा बढी घेराबन्दी ममाथि भएकाे छ : प्रचण्ड 

    अहिले सबैभन्दा बढी घेराबन्दी ममाथि भएकाे छ : प्रचण्ड 

    3.5K
    Shares

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे राजनीतिक परिस्थितिमा सबैभन्दा बढी घेराबन्दी आफूमाथि भएकाे बताएका छन् । 

    शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सम्बोधनका क्रममा प्रचण्डले शान्ति सम्झौता गर्दाका अर्का हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको स्मरण गरी आफूलाई एक्ल्याउन खोजिएको बताए । उनले भने ‘अहिले सबैभन्दा बढि घेराबन्दी ममाथि भएको छ ।’ 

    उनले लामाे समयकाे संघर्ष र मेहनतले प्राप्त उपलब्धी उल्ट्याउन देशभित्र र बाहिरका प्रतिक्रियाबादीले षडयन्त्र गरिरहेकाे पनि आराेप लगाए । उनले भने ‘देशभित्रका तमाम प्रतिक्रियावादी शक्ति जसले गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक भन्ने मन पराउँदैनथे उनीहरुले यो उल्ट्याउन खोजेका छन् ।’

    उनले यो संविधानलाई रक्षा गर्ने की हत्या गर्ने भन्ने बहस चलेको पनि बताए । उनले अहिलेको संविधानमा प्राप्त अधिकार उल्ट्याउने षडयन्त्र भएको हुँदा त्यसविरुद्ध क्रान्ति गर्नुपर्ने जिकिर गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend