काठमाडाैं । विश्वको सबैभन्दा ठूलाे ‘टेक कम्पनी’ गुगलले अब यूट्यूब सामग्रीबाट कमाएकाे रकममा कर लगाउने भएकाे छ । युट्युबले अमेरिका बाहिरका ‘कन्टेन्ट क्रियटर’ले कमाएकाे रकमबाट कर कटाैती गर्ने भएकाे हाे । याे नियम संसारभरका युट्युबमा लागू हुने बताइएकाे छ ।
याे नियम अनुसार अब संसारभरका युट्युबरले बनाएकाे भिडियाे अमेरिकामा हेरेवापत हुने आयकाे २४ देखि ३० प्रतिशतसम्म कर कटाैती गर्नेछ । यो नयाँ नियम आगामी जुन महिनाबाट लागू हुनेछ ।
युट्युबले कर जानकारी पेश गर्न प्रयोगकर्तालाई इमेल पठाइसकेको जनाएकाे छ । यद्यपि, अमेरिकी युट्युबरहरुका लागि भने यो नियम लागू हुने छैन । युट्युब फोरमका अनुसार, प्रयोगकर्ताले उनीहरूको कर जानकारी एड्सेन्समा पेश गर्नुपर्नेछ जसबाट करको सही मात्रा निर्धारण हुन जान्छ ।
यदि प्रयोगकर्ताहरुले ३१ मे २०२१ सम्म कर जानकारी उपलब्ध नगराए गुगलले विश्वव्यापी रूपमा उनीहरूकोे कुल आम्दानीको २४ देखि ३० प्रतिशत कर कटाैती गर्ने बताएको छ ।