एजेन्सी । जर्मनी, फ्रान्स, इटली र स्पेनले अक्सफोर्ट–एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोना खोपको प्रयोगमा तत्कालका लागि रोक लगाएपछि अन्य साना देशहरूले पनि यो कदमलाई पछ्याएका छन्।
तर, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले त्यसो गर्न आवश्यक नरहेको जनाएको छ। खोप र रगत जम्ने अवस्थाबीच कुनै सम्बन्ध रहेको प्रमाण नभएको उसको भनाइ छ।
डब्ल्यूएचओका खोप सुरक्षा विज्ञहरूले यसबारे मङ्गलवार छलफल गर्दैछन्। मंगलबार नै युरोपेली औषधी निकाय ९ईएमए०ले समेत बैठक गर्दैछ र उसले बिहीवार निष्कर्ष सार्वजनिक गर्दैछ। उसले खोपको प्रयोग जारी राख्नुपर्ने जनाएको छ।
युरोपमा अक्सफोर्टङएस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुमा रगत जम्ने सम्बन्धी समस्याका थुप्रै विरामीहरु देखिएका छन् । एस्ट्राजेनेकाले पनि आफ्नो खोपकै कारण यस्तो समस्या भएको प्रमाणित गर्ने कुनै तथ्य नरहेको दावी गरेको छ ।
बेलायतले यसअघि नै एस्ट्राजेनेकाको खोप रोकिसकेको छ भने डेनमार्क, नर्वे, आइसल्याण्ड्स, इटली र रोमानीयाले पनि एस्ट्राजेनेकाको खोप लगाउन रोकेका छन् ।