logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक : को गए, को गएनन् ?

    राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक : को गए, को गएनन् ?

    1.8K
    Shares

    काठमाडौं।  राष्ट्रपति कार्यालय शीतलनिवासमा सर्वदलीय बैठक जारी छ।  

    राष्ट्रपति विद्यादेवी भण्डारीले डाकेको सर्वदलीय बैठकमा सत्तारुढ नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादल उपस्थित रहेका छन्। माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र देव गुरुङ उपस्थित छन्। 

    त्यस्तै प्रतिपक्षि काँग्रेसबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी र शशांक कोइाराला सहभागी रहेका छन् भने जसपाका महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाबाट चित्र बहादुर केसी, राप्रपाबाट प्रकाशचन्द्र लोहनी र नेमकिपाबाट प्रेम सुवाल उपस्थित छन्। 

    त्यस्तै बैठकमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी रहेका छन्। 

    पूर्वप्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई भने बैठकमा अनुपस्थित रहेका छन्। 

    राष्ट्रपति भण्डारीले आज अपरान्ह चार बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुको बैठक बोलाएकी हुन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend