काठमाडौं। नेकपा एमाले (नेपाल- खनाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलामा आठ पृष्ठको राजनीतिक प्रतिवेदन पेस भएको छ। ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकमा तयार प्रतिवेदन भेलामा पेस भएको हो।
प्रतिवेदनमा पार्टी अध्यक्ष केपी ओलीको तानाशाही र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्ने र नेकपा एमालेको एकताको रक्षा गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा गर्नुपर्ने निष्कर्ष निकालिएको छ।