काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बैठकमा ओली पक्षका सांसदहरु मात्र उपस्थित भएका छन् । यसअघि माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरु पनि बैठकमा उपस्थित हुने बताइए पनि उनीहरु बाटाेबाटै फर्किएका थिए ।