काठमाडौं । फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै फेरि एक महिने लकडाउन सुरु भएको छ । फ्रान्सको राजधानी पेरिससहित अरु १५ क्षेत्रमा आजदेखि लागू हुनेगरी एक महिने लकडाउनको घोषणा भएको हो ।
तर, यो पटकको लकडाउन पहिलेको झैँ कडा भने नहुने फ्रान्सका प्रधानमन्त्री जीन कास्टेक्सले बताएका छन् । फ्रान्स सरकारले जनाए अनुसारअतिआवश्यकबाहेक अरु रोजगारीका कामहरु बन्द रहनेछन् भने विद्यालयहरु भने खुल्नेछ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा मात्रै ३५ हजारभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।
समयमै खोप अभियान सञ्चालन नगरेकामा फ्रान्स सरकारको चर्को आलोचना भइरहेको छ । समयमै खोप लगाउन नसकेकाले तेस्रो लहरको सङ्क्रमण सुरु भएको भन्दै सरकारको विरोध भइरहेको छ ।