काठमाडाैं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका राष्ट्रपति जो बाइेडनविरुद्ध आक्रामक जवाफ दिएका छन् । एक साक्षात्कारमा बाइडेनले आफूलाई पुटिन ‘घातक मानिस’ लाग्ने बताएका थिए ।
रसियन टीभीमार्फत पुटिनले बाइडेनलाई गाली गरी लाभइ कार्यक्रममा आफूसँग कुरा गर्न चुनौती दिएको बीबीसीले उल्लेख गरेकाे छ । पुटिनले विपक्षी नेता एलेक्सी नभाल्नीलाई आफूले मार्ने कोसिस गरेको भन्ने आरोप पनि खारेज गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडनले एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा सन् २०२० को अमेरिकी निर्वाचनमा रुसले दिएको भनिएको हस्तक्षेपको पुटिनले ‘मूल्य चुकाउनुपर्ने’ भनी अभिव्यक्ति दिएका थिए ।
रुसले अमेरिकी चुनावी अभियान कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे बाइडनले एबीसीको अन्तर्वार्तामा टिप्पणी गरेका थिए । उक्त प्रतिवेदनमा यसअघि भएकाे अमेरिकाकाे राष्ट्रपति चुनावमा धाँदली गर्न रुसी राष्ट्रपतिले एक अभियानलाई मञ्जुरी दिएकाे उल्लेख गरिएकाे थियो ।
बाइडेनकाे आरोपमा पुटिनकाे यस्ताे जवाफ :
बाइडेनको आरोप अस्वीकार गर्न पुटिनले ‘हामी जस्तो छाैँ, अरुका लागि पनि त्यही नजरले हेर्छाैँ’ भन्ने भनाइको सहारा लिए ।
उनले भने, ‘हामीले सधैँ आफ्ना लक्षण अरूमा देख्छौँ र उनीहरू आफूजस्तै ठान्छौँ ।’
पुटिनले अमेरिकालाई अमेरिकीहरूविरुद्ध नरसंहार गरेको र दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा आणविक बम खसालेर नागरिकहरूको हत्या गरेको आरोप पनि लगाए ।
उनले लाभइ कार्यक्रममा आफूसँग कुरा गर्न चुनौती पनि दिए ।