काठमाडौं। प्रमुख प्रतिपक्षि नेपाली काँग्रेसले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भएको ठहर गरेपछि सरकारले त्यो गल्तिको उत्तरदायित्व लिनु पर्दैन ? भन्दै प्रश्न गरेको छ।
प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतले सरकारको कदम संविधान विपरित भएको भनेपछि संविधान मान्छौँ भन्ने सरकारले त्यसको गल्तिको नैतिक उत्तरदायित्व लिनु पर्दैन भनि प्रश्न गरेका हुन्।
उनले भने ‘हामी सरकारको सदस्यको ध्यानाकर्षण गराउन चाहन्छौं, अदालतले असवैधानिक भनेपछि संविधान मान्छौं भन्ने सरकारले त्यो गल्तिको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ?’
सर्वोच्च अदालतको फैसालापछि नैतिकताका आधारमा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै उनले सरकारको आलोचना गरे। ‘अदालतले सरकारको कमदलाई असंवैधानिक भनिसकेपछि सरकारले नैतिकताको आधारमा मार्ग प्रसस्त गर्नुपर्ने भए पनि सरकार जिम्मेवार भएको छैन। यो सरकार गठन भएदेखि नै संविधान माथि प्रहार गरेको थियो,’ बैठकमा बोल्दै खाँणले भने।