logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • तालिबानसँग शान्ति वार्ताबारे छलफल गर्दे, अमेरिकी रक्षामन्त्री अफगानिस्तानमा

    तालिबानसँग शान्ति वार्ताबारे छलफल गर्दे, अमेरिकी रक्षामन्त्री अफगानिस्तानमा

    1.7K
    Shares

    काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको  छ । उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी भएको बताइएको छ । 

    सो वार्ताका क्रममा अफगानिस्तानका राष्ट्रपति घानी र अमेरिकी रक्षामन्त्री अस्टिनले अफगानिस्तानमा तालिबानहरुले गरिरहेका हिंसाका बारेमा चिन्ता व्यक्त गरेका थिए । अमेरिकी रक्षामन्त्री अस्टिन आइतबार बिहान अफगानिस्तान पुगेका थिए । उनले सो वार्ताका क्रममा अमेरिका अफगानिस्तानको सरकार र तालिबानका बीचमा शान्ति वार्ताका लागि सहजीकरण गर्ने काममा तयार रहेको धारणा राखेका थिए । 

    अफगानिस्तानको सरकार र तालिबानका बीचमा गत वर्षदेखि नै शान्ति वार्ता सुरु भएको भनिएको भए पनि अहिले त्यसले निरन्तरता पाउन सकिरहेको छैन । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend