logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भारतमा एकै दिनमा ५३ हजार बढि कोरोना संक्रमित

    भारतमा एकै दिनमा ५३ हजार बढि कोरोना संक्रमित

    1.8K
    Shares

    नयाँ दिल्ली । भारतमा एकै दिनमा ५३ हजार ४७६ जना नया कोरोना संक्रमित भेटिएका छन् । यस सँगै भारतमा कोरोना संक्रमीतको  संक्रमितको कूल सङ्ख्या एक करोड १७ लाख ८७ हजार ५३४ पुगेको मन्त्रालयले जनाइएको छ । 

    २४ घण्टामा कोरोना संक्रमणबाट २५१ जनाको मृत्यु भएको थियो । अहिले मृतकको संख्या एक लाख ६० हजार छ सय ९२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । 
     
    सोही अवधिमा यहाँँ कूल संक्रमितमध्ये तीन लाख ९५ हजार १९२ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ३१ हजार छ सय ५० जना संक्रमणमुक्त भएका छन् ।
     
    भारतमा जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ३० भन्दा बढीले खोप लगाइसकेका छन् । 

    त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २३ करोड ७५ लाख ३ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधबार एकै दिनमा १० लाख ६५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend